सहायक हवल्दारलाई पिट्ने इन्स्पेक्टर जिम्मेवारीबाट हटाइए
काठमाडौं - काठमाडौंको नागढुङ्गामा कार्यरत सहायक हवल्दारमाथि हातपात गरेको आरोपमा ट्राफिक प्रहरी निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।
बुधबार बिहान नागढुङ्गा प्रहरी प्रभाग परिसरमा ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले प्रहरी सहायक हवल्दार अमर खड्कालाई थप्पड हान्नुका साथै लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
त्यसपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले आरोपित इन्स्पेक्टर साहलाई तत्काल जिम्मेवारीबाट मुक्त गरी छानबिन प्रक्रिया अघि बढाएको हो ।
भिडियोमा निरीक्षक साहले मोबाइल हेर्दै खड्कालाई कुटपिट गरेको देखिन्छ । हवल्दार खड्का प्रहरी वृत्त थानकोटमा कार्यरत छन् ।
गाडी चेकजाँचको विषयमा यसरी कुटपिट गरेको घटनाले प्रहरीकै बेइज्जत भएको छ । कुनै गल्ती गरेमा विभागीय कारबाही गर्नुपर्नेमा सडकमै कुटपिट भएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस