काठमाडौं-किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको लगाइने खोपको म्याद थपिएको छ । किशोरीलाई हाल लगाईरहेको खोप  ‘एचपीभी’ अभियानको समय थप गरी १० असोजसम्म पुरयार्ईएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ५ गतेसम्म सो अभियान सञ्चालन गर्ने जनाएको थियो ।

शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेको तथा लक्षित समुहले अझै खोप लगाउन बाँकी रहे पछि म्याद थपिएको मन्त्रालयले जनाएको छ ।