सर्वसाधरणका लागि खुल्यो काठमाडौं महानगरको ‘भीआइपी लिफ्ट’
काठमाडौं - काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र साह ‘बालेन’ ले पासवर्ड नै राखेर कमलादीस्थित कार्यालयमा सञ्चालनमा ल्याएको ‘भीआइपी लिफ्ट’ उनको राजीनामा लगत्तै सर्वसाधरणका लागि खुल्ला भएको छ ।
उक्त लिफ्ट अब सबैले प्रयोग गर्न पाउने भएका छन् । कार्यवाहक मेयर सुनीता डंगोलको निर्देशनमा लिफ्टमा राखिएको पासवर्ड हटाएर सेवाग्राहीहरु पनि चढ्नसक्ने बनाइएको महानगरपालिकाले जनाएको छ ।
बालेन साहले माघ ४ गते राजीनामा दिएपछि माघ ६ गते नै लिफ्टको पासवर्ड हटाइएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा तीन वटा लिफ्ट सञ्चालनमा छन् । जसमध्ये तत्कालिन मेयर साहले एउटा लिफ्ट भने आफू, उपमेयर र प्रमुख प्रशासकिय अधिकृतका लागि मात्रै सञ्चालनमा ल्याएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस