आज रास्वपा, राप्रपा र जनमतको कार्यालयमा अनुगमन र संवाद गर्दै सरकारी वार्ता टोली
काठमाडौं - आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनाउन सरकारले राजनीतिक दलहरूसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ ।
सोही क्रममा सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको केन्द्रीय कार्यालय अनुगमन गर्दै नेताहरूसँग छलफल गर्ने भएको छ।
समितिको कार्यतालिकाअनुसार बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालयमा पुगेर अनुगमन तथा संवाद गरिनेछ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य छन्।
सरकारका प्रवक्ता खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र संवादलाई निरन्तरता दिइएको बताए ।
यसअघि मंगलबार समितिले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पुगेर अनुगमन तथा नेताहरूसँग वार्ता गरिसकेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस