काठमाडौं,एजेन्सी - तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि त्यहाँबाट भाग्न खोज्ने सर्वसाधारणमा एक किशोर फूटबलर पनि रहेको खुल्न आएको छ । अफगान राष्ट्रिय युवा फूटबल टोलीका सदस्य जाकी अनवारी सोमवार अमेरिकी विमानमा झुण्डिन पुगेका थिए । विमान उड्दै गर्दा त्यसबाट खसेर उनको मृत्यु भएको हो ।

तालिबानको अघिल्लो शासनकालमा फूटबल खेलमाथि प्रतिबन्ध लगाइएको थियो । अहिले पनि तालिबानले त्यस्तै गरेमा फूटबल खेल्न पाइने छैन वा फूटबल खेलाडीलाई तालिबानले मारिदिनेछन् भनी अनवारी काबुलबाट भाग्न खोजेका थिए ।