आगामी आर्थिक वर्ष ०७९/८० को बजेट पास
खबर एक्सप्रेस
२०७९-०२-२० ०६:०६ मा प्रकाशित
Total Shares: 264
काठमाडौं - विनियोजन विधेयक २०७९/८० बहुमतले पारित भएको छ । आजको प्रतिनिधिसभा बैठकबाट विधेयक बहुमतले पारित भएको हो ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसमा छलफलपछि बहुमतले स्वीकृत भएको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ ।
फेसबुक पेज Like गर्नुहोस