काठमाडौ  - काठमाडौको दक्षिणकालीमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना भएको छ। 

बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

दक्षिणकादी नगरपालिका–३ फर्पिङमा आज दिउँदो ४ बजेको समयमा उक्त दुर्घटना भएको हो।

बसका ५० जना जति विद्यार्थी सवार रहेको बताइएको र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।