चीनले उपलब्ध गराएको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाउने सरकारको निर्णय
काठमाडौं - चीनले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । यद्यपि, खोप कहिलेदेखि लगाउने भन्ने मिति भने तय भैसकेको छैन ।
राष्ट्रिय खोप सल्लाहाकार समितिको परामर्शपछि चीनबाट अनुदानमा उपलब्ध भएको खोपबारे थप निर्णय लिइने समेत गौतमले बताए । भारतबाट अनुदान सहयोगमा प्राप्त गरिएको कोभिसिल्ड खोप भने माघ १४ गते देखि लगाउन सुरु गरिएको थियो ।
तर चीनले उपलव्ध गराएको ८ लाख डोज भेरोसेल खोप भने लगाउने निर्णय भएको थिएन । अहिलेसम्म नेपालमा १६ लाख जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस