ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-११-२१ १२:५२ मा प्रकाशित
Total Shares: 105
काठमाडौं - ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ओखलढुंगाको चिशंखुगढी गाउँपालिका– ३ दियालेमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटनाका घाइतेहरुको उद्धार कार्य जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी दुर्घटनाका घाइतेहरूलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न निर्देशन दिएपछि नेपाली सेनाले उद्धार कार्य अगाडि बढाएको छ।
दुर्घटनामा घाइते भएकाहरुबारे विस्तृत विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।
फेसबुक पेज Like गर्नुहोस