काठमाडौं - आइतबार राति हृदयघातका कारण निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनु पुर्व अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर दिउँसो १ बजेपछि चलचित्र विकास बोर्डको कार्यालय चावहिलमा राखिने बताइएको छ ।
शनिबार आफ्नै घरमा मृत अवस्थामा भेटिएका अर्का कलाकार दीपक क्षेत्रीको सोमबार नै अन्त्येष्टि गरिने बताइएको छ ।

.gif)


