काठमाडौं - खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच सहमति भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो ।

साथै, संघर्ष समितिका सबै आन्दोलन स्थगित गर्ने सहमति भएको छ । सहमतिअनुसार आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरू, बाढीपीडित संघर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सरोकारवालाबाट समय समयमा राखिएका मागका सम्बोधन गरिनेछ।

सिन्धुपाल्चोकको हेलम्बुका स्थानीयले विभिन्न माग राख्दै मेलम्चीको पानी काठमाडौं उपत्यका पथान्तरणमा रोक लगाएका थिए ।

०८१ असोज २३ गते स्थानीय बाढीपीडित संघर्ष समिति, तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयका सचिव प्रमिला देवीबीच १० बुँदे सहमति भएको थियो ।

सो सहमति कार्यान्वयन नभएपछि प्रभावितहरूले मेलम्चीको पानी काठमाडौं पथान्तरणमा रोक लगाएका थिए । यस्तै, सहमतिपत्रमा स्थानीयवासी तथा सरोकारवाला समूहका तर्फबाट हस्ताक्षर भएको छ।

यस्तै, मेलम्ची खानेपानी विकास समितिका तर्फबाट कार्यकारी निर्देशक जगरनाथ दासलगायतले हस्ताक्षर गरेका छन्।

579406372_816508437895712_5766537904870983646_n-1762879643.jpg

566631679_847943680914551_3727393165133530287_n-1762879642.jpg

582411573_1370613504468284_5204187438734107110_n-1762879642.jpg