काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सहकारी ठगीका दोषीहरूले उन्मुक्ति पाउने खतरा बढेको भन्दै गम्भीर आशंका व्यक्त गरेका छन् ।

सरकारले सहकारी पीडितहरूको बचत रकम राज्यकोषबाट फिर्ता गर्ने तयारी गरिरहेको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जालमार्फत धारणा राख्दै सांसद साम्पाङले यसले देशमा सहकारी ठगीका घटना अझ बढ्न सक्ने चेतावनीसमेत दिएका छन्।