‘हाउसफुल-४’ ले पहिलो दिन कति कमायो ?
काठमाडौं - बहुप्रतिक्षित बलिउड सिनेमा ‘हाउसफुल-४’ शुक्रबारदेखि रिलिज भएको छ ।
दर्शकले तीव्र प्रतिक्षा गरिरहेको हाउसफुल फ्रैंचाइजको चौथौ फिल्म ‘हाउसफुल-४’ शुक्रबार रिलिज भएको हो । दिपावलीको अवसर पारेर रिलिज भएको यो फिल्मलाई दर्शक तथा क्रिटिकले पहिलो दिनमा राम्रै प्रतिक्रिया दिएका छन् ।
‘हाउसफुल-४’ मा अक्षय कुमारसहित रितेश देशमुख, बबी देओल, कृति सेनन, कृति खरबंदा, पूजा हेगड़े, चंकी पांडे, जोनी लिभरसहितका कलाकारले अभिनय गरेका छन् । यो फिल्मले पहिलो दिनमा राम्रै कमाइ समेत गरेको छ ।
फिल्मले पहिलो दिनमा झण्डै २० करोड कमाएको अनुमान गरिएको छ । शुक्रबार धनतेरस भएकाले समेत राम्रै कमाइ गरेको हो । ‘हासउफुल-४’ पुर्नजन्ममा आधारित छ । फिल्मको कहानीमा सन् १४१९ देखि २०१९ सम्ममा घटनाक्रम देखाइएको छ । फिल्ममा अक्षय कुमारसहित अधिकांश कलाकारलाई राजा(महाराजाको भूमिकामा देख्न सकिन्छ ।
यसपालिको दिपावलीमा बक्स अफिसमा ३ वटा फिल्म एकैसाथ रिलिज भएका छन् । शुक्रबार ‘हासउफुल(४’सहित तापसी पन्नु र भूमि पेडनेकरको ‘सान्डकी आंख’ तथा राजकुमार रावको ‘मेड इन चाइना’ समेत रिलिज भएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस