इलाम - चिकित्सा शिक्षा सुधारको माग राख्दै प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्। सरकारले माग सम्बोधन गर्न चासो नदिएपछि सत्याग्रहमा बस्नु परेको डा. केसीले बताएका छन्।
‘अल्टिमेटमको थप समयावधिभित्र पनि सरकारले हाम्रा मागहरूको सम्बोधन नगरेको हुनाले आज २०८३ कात्तिक १२ गते ५ बजेदेखि सत्याग्रह सुरु गरेको घोषणा गर्दछु,’ केसीले भनेका छन्, ‘यसबाट उत्पन्न हुने विषम परिस्थितिका लागि सरकार आफैं जिम्मेवार हुनेछ।’
उनले चिकित्सा शिक्षालाई व्यापारिक स्वार्थको साधन बनाउन आग्रह गरेका छन्। यसमा कुनै सम्झौता स्वीकार्य नहुने उनको भनाइ छ।

.gif)


