काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको त्रिवि क्रिकेट मैदानमा वर्षा सुरु भएको छ।
काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीचको पहिलो खेल सकिएलगत्तै मैदानमा छिटपुट वर्षा हुन थालेको हो।
वर्षा सुरु भएसँगै मैदानलाई त्रिपालले ढाकिएको छ। वर्षा जारी रहे आज साँझ हुने अर्को खेल प्रभावित हुन सक्ने सम्भावना छ।
आज साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच खेल हुने तालिका छ।
वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुने वा नहुनेबारे भने तत्काल स्पष्ट भइसकेको छैन।

.gif)


