बागमतीका मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै सांसदद्वारा अविश्वास प्रस्ताव दर्ता
हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाविरुद्ध आफ्नै दलका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
शुक्रबार कांग्रेस संसदीय दलको कार्यालयमा २१ जना सांसदहरूले लामाविरुद्ध हस्ताक्षर गर्दै प्रस्ताव दर्ता गराएका हुन् ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन् । तीमध्ये बहुमत अर्थात् २१ जनाको समर्थनमा लामाविरुद्ध अविश्वास प्रस्ताव संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई बुझाइएको हो ।
यसअघि सरकारमा रहेका ४ मन्त्रीरूले समेत मन्त्री पदबाट राजीनामा दिएका छन् । कांग्रेस संसदीय दलको नेता चयनका क्रममा २०७९ पुस १३ मा भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री लामा सँग ५ मतले पराजित भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस