काठमाडौं - प्रदेश नम्बर २ को नामाकरण हुन नसकेपछि पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दी भाषामा ट्वीट गर्दै नेताहरुलाई लाज लाग्नु पर्ने बताएका छन।  

साथै, उनले संविधानले नै मधेसी स्वीकार गरिसकेको अवस्थामा प्रदेश नम्बर २ को नाम मधेश हुन् किन सक्दैन रु भन्दै प्रश्न समेत गरेका छन् । 

बुधवार बिहान हिन्दीमा भाषामा ट्विट गर्दै उनले लेखेका छन्,‘नेपालको संविधानमा ‘मधेसी’ पहिचान स्वीकार गरिसकेको छ भने २ नं प्रदेशको नाम ुमधेसु किन हुन सक्दैनरु’ ‘हाम्रा पूर्वमाओवादी कमरेडहरु मातृका यादव, प्रभु साह, भरत साह कहाँ छन्’ भट्टराईले भनेका छन्,–‘अनि पूर्व नयाँ शक्तिवाला साथीहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ छन् रु  अन्तिममा उनले लेखेका छन ुकुछ तो शरम करो यारो !

उनको यो ट्वीटमा यतिबेला प्रतिक्रियाको ऒइरो लागेको छ। कतिपयले उनलाई हिन्दी भाषाभन्दा पनि प्रदेश २ मा ठूलो जनसंख्याले बोल्ने मैथिली र भोजपुरी भाषा प्रयोग गर्न सुझाव दिएका छन् भने कतिपयले जातीय राज्यको पक्षमा वकालत नगर्न सुझाव दिएका छन् ।