पेटमा राखिएको स्टेन्ट निकालेर बालुवाटार फर्किए प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०७६-१२-०२ ०४:१९ मा प्रकाशित
Total Shares: 282
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको पेटबाट स्टेन्ट निकालिएको छ। फलोअपको लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा उनको स्टेन्ट निकालिएको हो ।
बिहान साढे १० बजेतिर अस्पताल पुगेका प्रधानमन्त्री ओली फलोअप सकेर दिउँसो ३ बजेतिर बालुवाटार फर्किएका छन्।
उनलाई डाक्टरहरुले आराम गर्न भनेका छन् । प्रधानमन्त्री ओली अबको केही समयपछि कोरोना भाइरस संक्रमणविरुद्ध साझा रणनीति बनाउनको लागि हुन लागेको सार्क सदस्य राष्ट्रहरुबीच भिडियो कन्फ्रेन्समा सहभागी हुँदैछन् ।
गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
फेसबुक पेज Like गर्नुहोस