एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने
खबर एक्सप्रेस
२०७६-१२-०५ ०५:०९ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन एउटा स्थानमा २५ जनाभन्दा बढी भेला हुन नदिने भएको छ । बुधबार बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री समेत रहेका सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
त्यस्तै, खतिवडाका अनुसार सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब बन्द गर्ने निर्णय गरेको छ । खतिवडाका अनुसार यो निर्णय वैशाख १८ गतेसम्म लागू हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस