पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन अपील
खबर एक्सप्रेस
२०७९-०४-११ ०७:४९ मा प्रकाशित
Total Shares: 240
काठमाडौं - पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ ।
ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस