काठमाडौं - अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । रिड्गेक्रेस्ट शहरलाई केन्द्रविन्दू बनाएर ६।४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकन जिओलोजिकल सर्वेले जनाएको छ । 

भूकम्पको केन्द्रबिन्दु रहेको शहरमा ठूलो क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । केही मानिस घाइते भएका छन् ।

शक्तिशाली भूकम्प जाँदा केही भवनमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ । यो भूकम्पलाई क्यालिफिोर्नियाको पछिल्लो दुई दशकयताकै शक्तिशाली भएको मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सबै नियन्त्रणमा रहेको देखिएको भन्दै ट्वीट गरेका छन् ।