काठमाडौं - संघीय राजधानी काठमाडौंमा रहेका मुख्य समस्यामध्ये सार्वजनिक जग्गा अतिक्रमण, सेवाप्रवाहमा सुस्तता र विपद् व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न काठमाठौंका सबै नगरपालिका सहमत भएका छन् । 

काठमाडौंमा संघीय सरकारका प्रतिनिधि र स्थानीय सरकारका प्रतिनिधिबीच पहिलोपटक यस्तो सहमति जुटेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको पहलमा बुधवार भएको छलफल कार्याक्रममा काठमाडौं महानगरपालिकासहित जिल्लाका १० वटै नगरपालिकाका प्रमुख प्रतिनिधिले काठमाडौंको समस्या समाधानका लागि समन्वयत्मक रूपमा अघि बढ्नुपर्नेमा सहमति गरेका हुन् । 

राजधानी दैनिकबाट