थप १५० जनालाई कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-१२-०९ ०४:१७ मा प्रकाशित
Total Shares: 290
काठमाडौं - नेपालमा थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४४७२ मा पिसिआर गर्दा १५० जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ। पछिल्लो २४ घन्टामा ९९ जना निको भएर फर्किएका छन्।
योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस