ओली पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ विजयी
खबर एक्सप्रेस
२०८२-०९-०३ ०१:२१ मा प्रकाशित
Total Shares: 44
काठमाडौं - नेकपा एमालेको ११औँ महाधिवेशनमा भएको निर्वाचनमा केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन् ।
निर्वाचनमा खसेको २२२७ मतमध्ये १ हजार ६सय ६२ मत पाएर ओली पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी र्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।
मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका एक सदस्यले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस