मनोहरा खोलामा बाढी,प्रहरी प्रभागको किचनसहित दुई घर बगायो
खबर एक्सप्रेस
२०७९-०४-२५ ०८:२६ मा प्रकाशित
Total Shares: 184
काठमाडौं - गएराति परेको भारी वर्षा र बाढीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । वर्षापछि काँडाघारी प्रहरी प्रभागसहित वरपरका करिब २ सय घर डुबानमा परेका छन् ।
बाढीले दुईवटा सुकुम्बासीका छाप्रा बगाउँदा प्रहरी प्रभागकै किचन र बाथरुमसमेत बगाएको छ ।
कार्यालय भवनको एक तल्लाको पूरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचरलगायतका सामान बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका मोटरसाइकल र अन्य सामानहरू समेत बगाएको छ । मंगलबार साँझको वर्षापछि राति करिब ११ बजेबाट प्रभागसहित बस्ती डुबानमा परेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस