काठमाडौं - आज नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ।

सुनको भाउ आज एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको भाउ पनि बढेको छ। चाँदी आज तोलामा ४५ रुपैयाँले बढेर १ हजार २ सय १५ रुपैयाँमा पुगेको छ। चाडपर्व सुरु भएसँगै सुनको माग बढिरहेको छ।

दशैँ पछाडि दैनिक ३० देखि ३५ किलो माग रहेको महासङ्घले जनाएको छ।