काठमाडौँ - लामो समयदेखि आतंकवादी आक्रमणबाट आक्रान्त बनेको भारत सरकारले एउटा ठुलो निर्णय लिएको छ । यो निर्णयले आतंकवादी क्रियाकलापमा संलग्न केही खतरनाक व्यक्तिलाई ठुलै झट्का लाग्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार लश्कर(ए (तोयबाका संस्थापक हाफिज सइद, जैश ए मोहम्मद प्रमुख मसुद अजहर, मुम्बई आक्रमणका आरोपी जकी उर्रहमान लखवीलाई आंतकवादी घोषणा गरेको छ ।

त्यस्तै अण्डरवल्र्ड डन दाउद इब्राहिमलाई समेत आतंकवादी घोषणा गरेको छ । भारतीय गृहमन्त्रालयले एक महिना अगाडि संसदबाट पास भएको आतंकवाद विरोधी एक कानुनअनुसार उनीहरुलाई आतंकवादी घोषणा गरेको हो ।

विभिन्न आतंकवादी घटनामा उनीहरुको संलग्नता पाइएपछि भारत सरकारले उनीहरुलाई आतंकवादी घोषणा गरेको हो ।