चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
खबर एक्सप्रेस
२०८०-०६-०४ ०४:४३ मा प्रकाशित
Total Shares: 44
काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. चन्द्र भण्डारीसहित आठजना नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाईं (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत भएका हुन्।
फेसबुक पेज Like गर्नुहोस