नेपालमा थप १ हजार ८०१ जनामा कोरोना पुष्टि, २४ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०५-०७ ०५:२३ मा प्रकाशित
Total Shares: 286
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५४८ र एन्टिजेन विधिबाट २५३ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १९२४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।


.gif)


फेसबुक पेज Like गर्नुहोस