काठमाडौं - एकाबिहानै नयाँबानेश्वरमा सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । संघीय संसद भवनको गेट अगाडि (सिभिल अस्पताल नजिक) भएको दुर्घटनामा अन्दाजी ५०–५५ वर्षका पुरुषको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न सकेको छैन । मृतकको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।