काठमाडौं - सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ ।

मन्त्रिपषिद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको एक मन्त्रीले बताए ।

सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बिहीबार सार्वजनिक गरिसकेको छ ।