काठमाडाैं - ललितपुरको ग्वार्कोमा बस पल्टिएर ट्याक्सीलाई किच्दा एघार जना घाइते भएका छन् ।

ग्वार्कोस्थित बीएन्डसी अस्पतालअगाडि बुधवार बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ । त्यसक्रममा बसले मोटरसाइकललाई पनि ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनाको समयमा बसमा ८ जना, ट्याक्सीमा २ जना र मोटरसाइकलमा एकजना सवार थिए ।घाइतेहरूको अवस्था सामान्य रहेको र केही सामान्य चेकजाँचपछि फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार माछा बोकेको गाडीलाई जोगाउन खोज्दा बस अनियन्त्रित भएर पल्टिएको हो ।