काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर आफ्नो मातहतमा रहेका सबै क्याम्पस, विभाग र स्कुलहरूलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिवि रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले एक सूचना जारी गरेर कोरोना महामारीका कारण बन्द भएका पढाईलाई स्थानीय तहसँग समन्वय गरी सुचारू गर्न आग्रह गरेका हुन् ।

‘त्रिवि अन्तर्गत सबै क्याम्पस, विभाग र सकूलहरूले स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहने गरी स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराइ नियमित कक्षा सञ्चालनको व्यवस्था गर्नुपर्छ’ सूचनामा भनिएको छ ।

यद्यपि भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गरी कक्षा सञ्चालनको व्यवस्था गराउन पनि त्रिविले आग्रह गरेको छ । हाल त्रिविले भौतिक रूपमा नै विद्यार्थी उपस्थित गराएर परीक्षाहरू सञ्चालन गर्न थालेको छ ।

सूचना-