काठमाडौं - ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कर्मचारीहरु र मन्त्रालय मातहतका निकायहरुमा अनावश्यक दबाब दिनुका साथै आफ्नो अनुकूलको काम नगर्ने कर्मचारीलाई अनावश्यक टर्चर दिने गरेको गुनासो खबर एक्सप्रेसलाई आएको छ ।

कर्मचारीहरुलाई आतंकित पार्न थालेपछि उच्च पदस्थ कर्मचारीहरु सरुवा माग गर्न थालेका छन् । कर्मचारीहरुले आफ्नो अनुकूलको काम नगरिदिँदा मन्त्रीहरुले अनावश्यक टर्चर दिनुका साथै सरुवा गराइदिने लगायतका धम्की मन्त्रीका नजिककाहरुले दिन गरेको बुझिएको छ ।

मन्त्रीहरुको अनावश्यक टर्चर,धम्की र गैरकानुनी कार्यको दबाबलाई कर्मचारीहरुले अस्वीकार गरेपछि मन्त्री र कर्मचारीबीच द्वन्द्वसमेत बढ्न थालेको छ । मन्त्रीहरुको दबाब अनावश्यक हस्तक्षेप  विरुद्ध केहि कर्मचारीहरुले आवाज समेत उठाउन थालेका छन् ।

ऊर्जा मन्त्री भुसालको नाता पर्ने एक जना सहसचीव मार्फत मन्त्रालय मातहतका र विभिन्न क्षेत्रमा अनावश्यक दबाब दिन लगाउने निजी स्वार्थमा काम गर्न लगाउने गरेको गुनासो व्यापक आउन लागेको छ  ।