कृष्णहरि पुष्कर अर्थ सचिवमा नियुक्त
खबर एक्सप्रेस
२०७९-०४-२६ ०८:१३ मा प्रकाशित
Total Shares: 214
काठमाडौं - अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । यसअघि अर्थ सचिवमा मधु मरासिनी रहेकोमा उनको सरूवा प्रधानमन्त्री कार्यालयमा भएको छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस