सुन एकैदिन १४ हजार ४०० ले बढ्यो
खबर एक्सप्रेस
११ घण्टा अगाडि
Total Shares: 34
काठमाडौं- नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । हिजो मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।
त्यसैगरी, बुधबार चाँदीको भाउ पनि तोलामा २ सय ६५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै चाँदीको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस