काठमाडौं - एमालेको ११ औं राष्ट्रिय महाधिवेशअन्तर्गत आज मतदान हुँदैछ। विद्युतीय भोटिङ मेसिनबाट आज अपरान्हबाट मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले महाधिवेशनमा १०० वटा मेसिन ल्याइए पनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने जानकारी दिए।