जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ
खबर एक्सप्रेस
१६ घण्टा अगाडि
Total Shares: 33
काठमाडौं - जेनजी आन्दोलनसँग आबद्ध अभियन्ता रविकिरण हमाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार राजधानीको सुकेधाराबाट हमाललाई पक्राउ गरिएको हो । हमालमाथि सामाजिक सञ्जालमार्फत जनआन्दोलनमा उक्साउने गतिविधि गरेको आरोप छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न समूहलाई आन्दोलनमा सहभागी हुन प्रेरित गर्ने पोस्ट र भिडियोहरु सार्वजनिक गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
हमाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेतासमेत हुन्।
फेसबुक पेज Like गर्नुहोस