काठमाडौं-कृषि बिकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष दुवाडीसँग विभिन्न संघ÷संस्थाको सञ्चालक समितिमा सदस्य रहि कार्य गरेको अनुभवसमेत रहेको छ । नवनियुक्त बैंकका अध्यक्षलाई नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । 

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटालगायत कृषि विकास बैंकका सञ्चालक समिति सदस्यहरुको सहभागिता थियो ।