काठमाडौं - आगामी फागुन २१ गते तोकिएको आमनिर्वाचनका लागि निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ। अब केही दिनमै प्रधानमन्त्रीसँग थप छलफल गर्ने र आवश्यक व्यवस्थापनलाई तीव्रता दिने आयोगको योजना छ ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम छ।

यद्यपि आयोगभित्र नेतृत्वको अपूरो संरचना चुनौतीका रूपमा देखिएको छ।