कुवेत दुर्घटना - बालुवाको ढिस्को खस्दा मृत्यू हुने नेपालीको संख्या ६ पुग्योे
खबर एक्सप्रेस
२०७६-११-०१ ११:०० मा प्रकाशित
Total Shares: 588
काठमाडौं - कुवेतको अल-मुतला क्षेत्रको निमार्णस्थलमा बालुवा र ग्रोभलको ठूलो थुप्रोले पुरिँदा मृत्यू हुने नेपाली श्रमिकको संख्या ६ पुगेको छ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार अन्य ३ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।
कार्यस्थलमा थुप्रै श्रमिकहरु पुरिएको आशंका गरिएको छ। पुरिएकाहरुको उद्धार गर्ने क्रम जारी रहेकाले दुर्घटनामा मृत्यू हुने नेपाली श्रमिकको संख्या तत्काल यकिन गर्न सकिने अवस्था नभएको दूतावासले जनाएको छ।
दूतावासकी सूचना अधिकारी जानकी ओझाका अनुसार घाइतेमध्ये दुई नेपाली र एक भारतीय छन्।
फेसबुक पेज Like गर्नुहोस