बढ्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७८-०५-०२ १२:५७ मा प्रकाशित
Total Shares: 191
काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बुधबार तोलामा २ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस