काठमाडौं - जिल्ला प्रशासन कार्यालय कैलालीले आज दिउँसो २ बजेदेखि जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाउने निर्णय गरेको छ ।
विश्वभर महामारी रुपमा फैलिएकोा कोरोना भाइरसको सम्भावित संक्रमण भित्रिन नदिनका लागि साेमबारदेखि निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । यदि सूचनाको उल्लंघन गरे सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने कार्यालयले सूचना जारी गरेको छ ।
प्रशासनले दैनिक उपभोग गरिने खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका सेवा बन्द गरेको बताइएको छ ।
यसअघि आइतबारबाट कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।


.gif)


