शान्तिसुरक्षा कायम गर्न प्रहरी नायब महानिरीक्षक पोखरेलको सक्रियता बढ्दो
खबर एक्सप्रेस
२०७६-०९-२३ ११:०० मा प्रकाशित
Total Shares: 1209
काठमाडौैं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखमा प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेल आए पछि देखिने गरि उपलब्धिमुलुक काम हुन थालेको छ ।
अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न ‘पर्फरमेन्स अडिट टिम’ गठन गरेको छ ।सादा पोशाकका घुमुवा टोली खारेज गरेको केही दिनमै प्रहरी कर्मचारीको काम कारवाहीको अनुगमन र मूल्याङ्कनका लागि टोली गठन गरेको छ ।
प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गठन भएको टोलीले सादा पोशाकमा समेत आवश्यकताअनुसार छड्के जाँच गर्न सक्ने सम्म अधिकार दिइएको छ ।
फेसबुक पेज Like गर्नुहोस