बहराइनमा ३ नेपालीमा कोरोना संक्रमण भेटियो
खबर एक्सप्रेस
२०७६-१२-०९ ०३:३७ मा प्रकाशित
Total Shares: 380
काठमाडौं - वैदेशिक रोजगारीको क्रममा बहराइन पुगेका ३ नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण भेटिएका तीनजना नेपालीलाई त्यहाँको सरकारले गुणस्तरीय सेवा दिइरहेको बहराइनका लागि नेपाली राजदूताबासले जनाएको छ ।
दूताबासका अनुसार एक महिलासहित थप ३ जनालाई पनि परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको छ । संक्रमण भेटिएका तीनैजना फरक फरक कम्पनीमा काम गर्छन् ।
संक्रमित नेपालीहरु काम गरिरहेका कम्पनिमा कार्यरत सबैलाई निगरानीमा राखिएको बहराइन सरकारले जानकारी दिएको नेपाली दूताबासले जानकारी दिएको छ ।
बहराइनमा व्यवस्थित क्वारेन्टाइन रहेको र सरकारले सक्रियताका साथ नागरिकको स्वास्थ्य जाँच गरिरहेको दूतावासले जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस