गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित, दुईको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-२४ ०३:५२ मा प्रकाशित
Total Shares: 310
काठमाडौं,गण्डकी - गण्डकी प्रदेशमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
थपिने संक्रमितमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६, गोरखाका तीन र तनहुँका एक जना रहेका छन् । प्रदेशमा कोरोना संक्रमित चार हजार ६४८ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस