काठमाडौं - नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशम चौधरी आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्न पुगेका छन्।

निर्वाचन अधिकृतले गैरकानुनीरुपमा आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै चौधरी उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दिन पुगेका हुन्।

उनले आफ्नो उम्मेदवारी कायम गरिदिन अन्तरिम आदेशको मागसमेत गरेका छन्। उनको रिटको आइतवार सुनुवाइ हुने भएको छ।

उनी जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी पाएका व्यक्त्ति हुन्। तर कसुर तथा कैदको अभिलेख हुने दावी गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो।  उनले कैलाली–१ बाट उम्मेदवारी दिएका थिए।