काठमाडौं - नेपाल र भारत सीमा सुरक्षा बैठक आज (बुधबार) बाट पोखरामा सुरु हुँदैछ । नेपाल र भारतबीच सीमा विवाद चर्किरहेका बेला बैठक बस्न लागेको हो ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोली सहभागी हुनेछ भने भारतबाट पाँच जनाको टोली पोखरा आएको छ ।

स्रोतका अनुसार अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदान प्रदानका एजेण्डामा केन्द्रित हुने बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे भने छलफल हुने छैन । बैठक शुक्रबारसम्म बस्नेछ ।