नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु
खबर एक्सप्रेस
२०८२-०९-०५ ०३:०९ मा प्रकाशित
Total Shares: 41
काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा र्याली सुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आज आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्याली सुरु भएको हो ।
बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले एकता सन्देश सभा आयोजना गरेको हो ।
सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
पार्टीले एकताको सन्देशसहित आगामी राजनीतिक क्रियाकलापमा जनसमर्थन जुटाउन यस कार्यक्रमलाई महत्त्वपूर्ण अवसरको रूपमा लिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस