नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा
खबर एक्सप्रेस
२०८१-०१-०४ १२:५० मा प्रकाशित
Total Shares: 141
काठमाडौं - नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीको सोमबार (वैशाख ३ गते) बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अब यो प्रस्ताव सरकार र बिमा समितिले स्विकृति दिएपछि साधारण सभामा लगिनेछ र सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
आर्थिक वर्ष २०७८–७९ को नाफाबाट पनि कम्पनीले कम्पनीले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस